• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यस्तो छ नेदरल्यान्ड्सविरूद्धको खेल्ने नेपालको प्लेइङ-११


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, सागर ढकाल।

कमलसिंह ऐरी, प्रतिश जिसी, ललित राजवंशी र सन्दीप जोरा बेञ्चमा छन्।

अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा वर्षाका कारण टसमा ढिलाइ भएको थियो।

खेल भने राति ९:४५ बजेदेखि सुरु हुनेछ। यो अवस्थामा ओभर घाइटएको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖