• Thursday 8th of October 2026

‘बिगबोस’ ओटीटीको तेस्रो सिजनलाई अनिल कपुरले होस्ट गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘बिग बोस’ भारतीय टेलिभिजनमा धेरै टीआरपी पाउने शोमध्ये एक हो । कार्यक्रमको टिभी र ओटीटी दुवै संस्करणले उत्तिकै चर्चा पाउने गरेका छन् । पुनः एकपटक दर्शकलाई मनोरञ्जन दिलाउन यो शो तयार भएको छ ।

शोको ओटीटी संस्करणको नयाँ सिजन चाँडै प्रसारण हुने भएको छ । केही दिनअघि निर्माताले यस पटकको शोको प्रस्तोतालाई लिएर निकै ‘सस्पेन्स’ बनाएपछि दर्शकमा शोप्रतिको उत्सुकता झनै बढेको थियो ।

जियो सिनेमाले इन्स्टाग्राममा एक पोस्ट गर्दै प्रिमियर मितिको घोषणा गरेको छ । बिगबोस ओटीटीको यो तेस्रो सिजनलाई बलिउड अभिनेता अनिल कपुरले होस्ट गर्ने भएका छन् ।

जियो सिनेमाले इन्स्टाग्राममा अनिल कपुरसँगको पोस्ट सेयर गर्दै लेखेको छ, ‘अनिल कपुर बिगबोस ओटीटी ३ को नयाँ होस्टको रूपमा यहाँ छन् । ठूलो पर्दामा राज गरेपछि अनिल अब बिगबोसको घरमा शासन गर्न आउँदैछन् ।’ २१ जुनबाट जियो सिनेमामा बिगबोस ओटीटीको नयाँ सिजन सुरु हुनेछ ।’

अभिनेता कपुरले आफूले शो होस्ट गर्न लागेकोबारे बताएका छन्, ‘बिगबोस ओटीटी र एक ड्रिम टिम हौं । मानिस प्रायः भन्छन् कि म सधैं जवान हुँदैछु, तर वास्तविक बिगबोस समयको सीमाभन्दा मुक्त छ । मलाई यो शो विद्यालयमा पुनः फर्किएजस्तै लाग्दैछ । केही नयाँ र रोमाञ्चक गर्ने कोसिस गरिरहेको छु ।’

शोको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै अभिनेताले भने, ‘मैले सधैं इमान्दारी र मेहनतका साथ मेरा सबै प्रोजेक्ट गरेको छु र बिगबोसमा त्यो भन्दा दश गुणा ऊर्जा ल्याउनेछु । यो अनौठो शोमा हाँसो, नाटक र ट्विस्टका साथ केही नयाँ कुरा छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖