• Monday 5th of October 2026

नवीन संगको रिसिइबीले चारैजनाको हत्या गरेको स्वीकार


  • धनकुटा खबर
  • .

काठमाडौं । तीनकुने सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका आरोपितले नवीन राईसितको रिसिइबीले चारजनाको हत्या गरेको स्वीकार गरेका छन् ।

काठमाडौं प्रहरीले सिन्धुपाल्चोकका बोल्न नसक्ने एकजना आरोपितलाई पक्राउ गरेको छ । उनले मोरङका राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको हत्या गरेको स्वीकारेका हुन् ।

शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा उनीहरूको सामूहिक हत्या भएको थियो । अनुसन्धानमा खटिएका प्रहरीले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा उनलाई पक्राउ गरेको दाबी गरेको छ ।

प्रहरी स्रोतका अनुसार उनले प्रहरीलाई कापीमा लेखेर चारजनाको हत्या आफूले गरेको स्वीकार गरेका छन् । पक्राउ परेकालाई प्रहरीले आजै साँझ साढे ६ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖