• Thursday 8th of October 2026

नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त


  • धनकुटा खबर
  • .

नयां दिल्ली । भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो ।

राष्ट्रपतिसँग भेटपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ शुक्रबार एनडीए नेताहरूले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । राष्ट्रपतिलाई बुझाएको पत्रमा नरेन्द्र मोदी संसदीय दलको नेतामा निर्वाचित भएको उल्लेख गरिएको छ ।

मोदीले आइतबार प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖