• Thursday 8th of October 2026

उड्ने बित्तिकै विमानमा आगो लागेपछि…


  • धनकुटा खबर
  • .

क्यानडा । टोरन्टो विमानस्थलबाट पेरिसका लागि उडान गरेको केही मिनेटमै एयर क्यानडाको विमानमा आगो लागेको छ ।

घटनाको समयमा विमानमा ३८९ जना यात्री र चालक दलका १३ सदस्य सवार थिए । यो घटना जुन ५ को भएको बताइएको छ । टोरन्टोबाट पेरिसतर्फ उडेको बोइङ ७७७ जेटमा आगो लागेको थियो । यो दृश्य क्यामरामा समेत कैद भएको थियो । उडेको केही मिनेटमै एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले विमानको दायाँ इन्जिनबाट आगो निस्किरहेको देखे । यस घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भइरहेको छ ।

घटना अनेकौँ कारणले हुन सक्ने भए पनि इन्जिनबाट हावाको प्रवाहमा अवरोध उत्पन्न भएर आगो लागेको हुन सक्ने बताइएको छ । आगो लाग्ने बित्तिकै तुरुन्तै फ्लाइट क्रुलाई सूचित गरेर विमानलाई विमानस्थलमै फर्काइएको थियो ।

यात्रीहरुलाई सोही रात अर्को फ्लाइटबाट पठाइएको कम्पनीले बताएको छ । समस्या देखिएको बोइङ्लाई ग्राउन्डेड गरिएको छ । विमानको चेकजाँच भइरहेको छ । पछिल्लो केही समययता बोइङ ७७७ जेटमा एक पछि अर्को गर्दै समस्या आइरहेको छ । यी घटनाहरूले विमानको सुरक्षा र विश्वसनीयताबारे चिन्ता बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖