• Thursday 8th of October 2026

अभिनेत्री बन्न सानिया मिर्जाले राखिन् यस्तो शर्त!


  • धनकुटा खबर
  • .

पूर्व इन्डियन टेनिस प्लेयर सानिया मिर्जा आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन्।

हालै उनको पाकिस्तानी क्रिकेटर शोएब मलिकसँग सम्बन्ध विच्छेद भयो। उनीहरूले सन् २०१० मा विवाह गरेका थिए। शोएब तेस्रो विवाह गरेर जिन्दगीमा अगाडि बढिरहेका छन्। सानिया आफ्नो छोरासँग बसिरहेकी छन्।

सानिया हालै कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ मा पुगेकी थिइन्। उनले शोमा आफ्नो बायोपिक गर्न एक शर्त राखेकी छन्।
कुराकानीको क्रममा कपिलले शाहरूख खानले सानियाको बायोपिकमा उनको प्रेमीका भूमिका निर्वाह गर्न चाहेको बताएका थिए। कपिलले सोनियालाई सोधे, ‘यदी तपाईको बायोपिक बन्यो भने आफैं अभिनय गर्न चाहनुहुन्छ?’

जबाफमा सानियाले भनिन्, ‘यदि शाहरूख खान मेरो प्रेमीको भूमिका निर्वाह गर्छन् भने म काम गर्न चाहन्छु। तर यदी अक्षय कुमार मेरो प्रेमीको भूमिका निवार्ह गर्छन् भने त म झनै आफ्नो बायोपिकमा काम गर्न चाहन्छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖