• Monday 5th of October 2026

‘निहुँ खोज्यो भने छप्काइदिन्छु’ भन्दै डेराबाट हिँडेका थिए भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गत शनिबार राति भएको चार जनाको हत्या प्रकरणका अभियुक्तले रिसईबीका कारण हत्या गरेको स्वीकार गरेका छन्।

महानगरीय प्रहरी परिसर, टेकुले आइतबार पत्रकार सम्मेलनमार्फत् अभियुक्त सार्वजनिक गर्दै घटना विवरण खुलाएको छ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थायी घर भएका २३ वर्षीय सञ्जय भण्डारीले एकै परिवारका तीनसहित ४ जनाको हत्या गरेका हुन्।

भण्डारीले गत शुक्रबार दिउँसो नै आफू सँगै डेरामा बसेका दिदी भिनाजुको डेराबाट निस्किएका थिए। प्रहरीका अनुसार उनले ‘मृतक विशाल राईलाई आज भेट्छु निहुँ खोज्यो भने छप्काई दिन्छु’ भनी डेराबाट निस्किएका थिए।

उनले खुकुरी समेत आफूुले बोक्ने झोलामा बोकेर हिँडेको प्रहरीले जानकारी गराएको छ।

‘लुकाको समयमा उक्त सःमिलको पछाडी पट्टीको बन्द गेटबाट माथिचढी विशाल राई बस्ने कोठामा गई हेर्दा निजलाई तत्काल नदेखेपछि सोही कोठाको सोफामा बसी रहेको अवस्थामा केही क्षणपछि मृतक विशाल राई आई किन यहाँ बसेको भनी कुटपिट गरेपछि निज प्रतिवादी संजय भण्डारीले रिस थाम्न नसकी खुकुरीले निज विशाल राईको टाउकोमा पटक पटक प्रहार गरी विशाल राईको हत्या गरेको।’ प्रहरीले बताएको छ। -नेपाल खबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖