• Thursday 8th of October 2026

पाँचथरको साधुटारबाट फिल्म ‘ऊनको स्वीटर’को छायाङ्कन शुरु


  • धनकुटा खबर
  • .

काठमाडौं- फिल्म ‘ऊनको स्वीटर’को शुभ मुहूर्तसँगै आइतवारदेखि छायाङ्कन शुरु गरिएको छ।पाँचथरको साधुटारबाट छायाङ्कन शुरु गरिएको निर्देशक नवीन चौहानले बताए। उनका अनुसार फिल्मको सेड्युल ३५ दिनको तर गरिएको छ।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ। विपिन र मिरुनाले तीन दिनपछि फ्लोर जोइन गर्नेछन्।

त्यसैगरी एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय छ।

फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह-लेखन सुरज कटुवालले गरेका छन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिचेका छन्।

फिल्म यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ। वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖