• Thursday 8th of October 2026

मृत भेटिइन् अभिनेत्री नूर


  • धनकुटा खबर
  • .

वेब सिरिज ‘द ट्रायल’की अभिनेत्री नूर मालाबिका दास मृत फेला परेकी छन्। कतार एयरवेजको पूर्वएयर होस्टेससमेत रहेकी उनी मुम्बईको लोखण्डवालास्थित आफ्नै फ्ल्याट मृत भेटिएकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको शव बेडरुमको पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो। नूरका छिमेकीले उनको फ्ल्याटबाट दुर्गन्ध आइरहेको खबर प्रहरीलाई दिएका थिए।

त्यसपछि पुगेको ओशिवारा प्रहरीले फ्ल्याटको ढोका फोरेर भित्र पस्दा शव सडेगलेको अवस्थामा भेटिएको थियो। नूरको परिवारका सदस्य मुम्बईमा छैनन्।

प्रहरीले नूरले आत्महत्या गरेको ठहर गर्दै के कारणले भन्ने खोजी भइरहेको बताएको छ। नूरको परिवारलाई शव लिन आउन भने पनि कोही सम्पर्कमा नआएपछि बेवारिसे शवको दाहसंस्कार गर्ने संस्थाको सहयोगमा उनको अन्त्येष्टि गरिएको छ।

३२ वर्षीया नूर भारत असमकी हुन्। उनले हिन्दी फिल्मसँगै वेब सिरिजमा पनि काम गरेकी छन् उनले ‘वाकमेन’, ‘तिखी चटनी’, ‘जघन्या उपाय’, ‘चरमसुख’, ‘देखी अनदेखी’ र ‘बेकरोड हलचल’ जस्ता सिरिज र फिल्ममा काम गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖