• Tuesday 6th of October 2026

के खाना खाने बेला पानी पिउने बानी छ ? हुनसक्छ यस्ता हानी


  • धनकुटा खबर
  • .

पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ। हाम्रो शरीरको २÷३ भाग नै पानीले बनेको हुन्छ। जसकारण पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्।

तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ। प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ ।

हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन्। तर पानी कति बेला र कति खाने त्यो भने जान्नुपर्छ। चिकित्सकका अनुसार खाना खाने क्रममा पानी पिउनु हुँदैन।

यसो गर्नाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ। जून मानिसले खाना खाएपछि तत्काल पानी पिउँछ, उसलाई विभिन्न समस्या हुन सक्छ।

आउनुहोस् जानौँ खाना खाने वेला पानी पिउनाले हुनसक्ने अन्य हानी

– खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लीयपना बढ्दछ । जसले खाना पच्दैन र एसिडिटीको समस्या आउँछ यसले पेट दुख्ने समस्या पनि बढ्छ ।

– खानासँगै पानी पिउनाले शरीरको मेटाबोलिज्म सुस्त हुन्छ,जसका कारण शरीरमा पर्याप्त ऊर्जा प्रवाह हुँदैन र मोटोपना बढ्दछ ।

– खानासँगै पानी पिउनाले खानेकुरा राम्रोसँग पच्न पाउँदैन,जसका कारण कब्जियतको समस्या आउँछ ।

– खाना खाने बेला पानी पिउनाले डाइबेटिजको खतरा पनि बढ्छ ।

– शरीरमा युरिक एसिडको मात्रा बढ्दछ । जसले मिर्गौला तथा मुटुरोगको जोखिम बढाउँछ ।

– खानामा रहेका पोषक तत्त्वलाई शरीरले राम्रोसँग शोषण गर्न पाउँदैन र यसले पोषणको कमी हुनसक्छ ।

–शरीरमा युरिक एसिडको मात्रा बढ्दछ ,जसले मिर्गौला तथा मुटुरोगको जोखिम बढाउँछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖