• Sunday 4th of October 2026

अर्को ‘रेकर्ड ब्रेक’को बाटोमा दया र मिरुना


  • धनकुटा खबर
  • .

काठमाडाै । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले स्क्रिन शेयर गरेका दुई फिल्म बक्स अफिसमा हिट भए। ‘जारी’ र ‘कबड्डी’ सिरिज दुबैले बक्स अफिसका थुपै्र रेकर्ड ब्रेक गरे। दया र मिरुनाको जोडीलाई पनि दर्शकले लालमोहर लगाइदिए।यहि सफलता सँगै अर्को सहकार्य यो जोडीले फिल्म ‘नाङ्गो गाउँ’मा गर्यो। गत शुक्रबारबाट रिलिज भएको यो फिल्मले पनि बक्स अफिसमा बम्फर ओपनिङ गरेको छ। रिलिजको तेस्रो दिनसम्म फिल्मले सुखद व्यापार गरेको छ।

यहि जोडि अभिनित फिल्म ‘जारी’पछि हलमा दर्शकको संख्या अत्यन्तै कम थियो। ‘नाङ्गो गाउँ’ले दर्शकको ठूलो संख्या हल फर्काउन सफल भएको छ।

‘जवान र एक भागवत् र एक गीता’सँग स्क्रिन शेयर गर्नु परेपनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले बक्स अफिसमा सबैभन्दा धेरै व्यापार गरिरहेको छ।

फिल्मले दर्शकको ठूलो संख्यालाई हलसम्म आकर्षित गरेपछि कलाकार दयाहाङ राई खुशी छन्। तर, उनले आफू कहिले पनि बक्स अफिसको दबाब नरहने दयाले सुनाएका छन्। भन्छन्, ‘यो फिल्मको कथाले मलाई छोएको थियो। निर्देशक लामाले पनि फिल्मलाई राम्रो तरिकाले तयार पारेका छन्। यसैले, दर्शकलाई मन पर्यो होला जस्तो लाग्छ। निर्माता सुरक्षित भएको सुन्दा खुशी लाग्छ।’

दयाले आफूलाई आफ्नै अघिल्ला फिल्मको रेकर्ड ब्रेक गर्ने लोभ भने नभएको बताए।निर्माता हिमाल शर्माले फिल्मबाट पाएको प्रतिक्रिया र दर्शकको साथले उत्साहित बनाएको बताए।उनले कलेक्शन अहिले नै भन्न नसकिने भन्दै आफू नेपाल र ओभरसिजबाट सुरक्षित भैसकेको सुनाए। निर्देशक दीपेन्द्र लामाले फिल्मको कथा लेख्दा नै आफूलाई दर्शकले मन पराउनुहुन्छ भन्ने लागेको बताए। दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖