• Monday 5th of October 2026

गर्भवती श्रीमतीलाई जबरजस्ती करणी गरेपछि


  • धनकुटा खबर
  • .

गोरखा— गर्भवती श्रीमतीलाई बैबाहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका- ७ का एक जनालाई पक्राउ गरेको छ ।
गर्भवती अवस्थामा रहेकी श्रीमतीलाई ईच्छा विपरीत जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गत भदौ २४ गते बिहान करिव पाँच बजेको समयमा आफूलाई धाकधम्की दिई गाली गलौज तथा कुटपिटसमेत गरी जबरजस्ती करणी गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

पक्राउ परेका व्यक्ति बिरुद्ध बैबाहिक जवरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖