• Thursday 8th of October 2026

बाथरूममा मृत अवस्थामा भेटिए अभिनेता प्रदीप


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता प्रदीप के विजयनको निधन भएको छ।

उनको शव उनकै घरको बाथरूममा फेला परेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार उनका साथी पछिल्लो २ दिनदेखि उनलाई फोन गर्ने कोसिस गरिरहेका थिए। उनको फोन नउठेपछि साथीहरूले पुलिसलाई जानकारी दिएका थिए।

हाल पुलिसले प्रदीपको शवलाई पोस्टमार्टमको लागि सरकारी अस्पतालमा पठाएको छ। प्रहरीका अनुसार उनलाई सास फेर्न समस्या र चक्कर आएर ढलेको बताएका छन्।

उनको ‘थेगिडी’ र ‘हे सिनामिका’ जस्ता फिल्म चर्चित छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖