• Thursday 8th of October 2026

लामो समयपछि फिल्ममा फर्किए सुशील क्षेत्री


  • धनकुटा खबर
  • .

अमेरिकामा बस्दै आएका अभिनेता सुशील क्षेत्री पाँच वर्षभन्दा लामो समयपछि अभिनयमा फर्किएका छन्। शंकर घिमिरेको निर्देशन रहेको फिल्म ‘तेल भिसा’ मार्फत उनले कमब्याक गरेका हुन्।

पहिलो चरणमा अमेरिकामा नै छायांकन गरिएको फिल्मको एउटा गीतमा सुशीलले नृत्य गरेका छन्।

सुटिङका केही तस्बिर उनले फेसबुकमा समेत पोस्ट गरेका छन्। पाँच दर्जन हाराहारी फिल्ममा अभिनय गरेका उनका भाइ, आगो, मुग्लान लगायतका फिल्म हिट छन्।

‘तेल भिसा’ मा विपीन कार्की, वर्षा राउत, ऋचा घिमिरे लगायतको शीर्ष अभिनय रहने छ। ऋचाले यही फिल्ममार्फत अभिनयमा कमब्याक गरेकी हुन्। अमेरिकामा बस्दै आएकी अभिनेत्री पूजा चन्दले पनि यसमा अभिनय गरेकी छन्।

अमेरिका सेड्युल पूरा भएको फिल्मको बाँकी छायांकन असार पहिलो सातादेखि चितवनमा हुने निर्देशक घिमिरेले जानकारी गराएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖