• Sunday 4th of October 2026

सलमानकी हिरोइन जरिन खानविरुद्ध पक्राउ पूर्जी जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । सलमान खानको ‘वीर’ फिल्मकी अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जरिनविरुद्ध कोलकाताको सियालदह अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी वारेन्टहरू सन् २०१८ को एउटा घटनाहरुसँग सम्बन्धित छन्।

अभिनेत्रीलाई ६ कार्यक्रममा नगएको आरोप लागाइएको छ ।

यस सम्बन्धमा नायिकाविरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी परेको थियो ।

नायिकालाई नार्केलडांगा प्रहरी चौकीले सम्पर्क गर्ने प्रयास गरे पनि उनीसँग कुरा हुन सकेन ।

नार्केलडांगा प्रहरीले सियालदह अदालतमा आरोप पत्र बुझाएको थियो ।

त्यसपछि अदालतले अभिनेत्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

५ वर्ष पुरानो मुद्दामा जारी यो पक्राउ पुर्जीबाट अभिनेत्री चिन्तित छिन् ।

साथै खबर बाहिर आएपछि अभिनेत्रीका फ्यानहरू निकै निराश देखिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖