• Monday 5th of October 2026

बैंकिङ कसुर मुद्दामा इञ्जिनियर केसी जेल चलान


  • धनकुटा खबर
  • .

बैंकिङ कसुर मुद्दामा एक इन्जिनियर जेल चलान भएका छन्।

तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका ३६ वर्षीय सिभिल इञ्जिनियर यज्ञबहादुर केसी बैंकिङ कसुरमा पक्राउ परेपछि कारागार चलान भएका हुन्।

सर्वोच्च अदालतले २०७९ साल माघ ४ गते बैंकिङ कसुर मुद्दामा साढे १४ लाख जरिवाना फैसला सुनाएको थियो।

अदालतको फैसला अनुसार केसीले जरिवाना बराबरको बिगो समेत गरी २९ लाख रुपैयाँ तिर्नु पर्ने छ।

जिल्ला प्रहरी प्रवक्ता जनकबहादुर मल्लका अनुसार सर्वोच्चको फैसलापछि इञ्जिनियर केसी लुकिछिपी बस्दै आएका थिए।

भदौ ३० गते घोराही उपमहानगरपालिका–१५ स्थित हिलटन होटलबाट उनलाई पक्राउ गरिएको डिएसपी मल्लले बताए।

उनलाई प्रहरीले आइतबार जिल्ला अदालत दाङमा पेश गरेको थियो। अदालतले उनलाई आइतबार नै फैसला कार्यान्वयनको लागि कारागार चलान गरेको डिएसपी मल्लले बताए।

अदालतले तोकेको रकम तिरे इञ्जिनियर केसी जेलमुक्त हुन पाउने छन्। प्रहरीले लुकिछिपी बस्दै आएको दाबी गरेपनि इञ्जिनियर केसी लुम्बिनी प्रदेश सरकारको दाङस्थित प्रदेश सभा भवन निर्माण कार्यमा पनि खटिएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖