• Monday 5th of October 2026

काठमाडौं महानगरले तिरायो टिपटपलाई २ लाख जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाले मिठाई पसल टिपटपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

सोमबार महानगरले काठमाडौं महानगरपालिका-१६ नगलस्थित टिपटप मिठाई पसललाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

उनका अनुसार उक्त मिठाई पसलले अखाद्यान्न मिठाई बेचेको गुनासो आएको थियो।

‘हिजो राती त्यहाँको ग्राहकले बिग्रिएको मिठाई बेचेको भनेर हामीलाई गुनासो गर्नुभएको थियो,’ उनले भने, ‘सोही आधारमा गएर जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको हो।’

यस्तै, अबदेखि मिठाई बनाउँदा सरसफाइमा ध्यान दिन र खान योग्य नभएका मिठाई नबेच्न समेत सचेत गराइएको उनले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖