• Thursday 8th of October 2026

घाइते भइन् प्रियंका चोपडा


  • धनकुटा खबर
  • .

हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन्।

उनी हलिउड फिल्म ‘द ब्लफ’ को छायांकनको क्रममा घाइते भएकी हुन्। उनको घाँटीमा सामान्य चोट लागेको छ।

प्रियंका आफैले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै चोट लागेको जानकारी दिएकी हुन्। ‘यो मेरो कामको एक ठूलो जोखिम,’ उनले लेखेकी छन्। उक्त तस्बिरमा उनको घाँटीमा चोट देखिन्छ।
प्रियंका हलिउड फिल्म ‘हेड्स अफ स्टेट’ को प्रदर्शनको पर्खाइमा छिन्।

यस फिल्ममा उनीसँगै जोन सीना र इद्रिश इल्बा जस्ता कलाकारको पनि अभिनय छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖