• Friday 9th of October 2026

गुल्सनकै कारण हामीले विश्वकप खेल्न पायौं, उसलाई गाली नगर्नुस् :कप्तान रोहित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अलराउण्डर गुल्सन झालाई गाली नगर्न फ्यानहरुलाई आग्रह गरेका छन् ।

अमेरिका र वेष्ट इन्डिजमा भएको विशवकप क्रिकेट खेलेर फर्किएका पौडेलेल बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुल्सनकै कारण नेपाल यो स्थानमा आईपुगेको भन्दै उनलाई गाली नगर्न आग्रह गरे ।

विश्वकपमा सहभागी भएर फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा दक्षिण अफ्रिकाविरुद्ध नेपाली टोलीको हारको दोष थोपरिएका गुल्सनबारे बोल्दै रोहितले भने, ‘फ्यानभन्दा बढी गुल्सन दुखी थियो। फ्यानले उसकै अगाडि तिमीले गरेर हारेको भन्दिए। त्यो सुनेर नराम्रो लाग्यो। त्यसो नगरिदिनु होला, उसकै कारण हामीले धेरै एक्सपोजर पाएका हौँ।’

दक्षिण अफ्रिकासँगको खेलमा अन्तिम २ बलमा रन जोड्न नसक्दा नेपाल १ रनले पराजित भएको थियो । अन्तिम ओभर ब्याटिङ गरेका गुल्सनले सुरुमा चौका र त्यसपछि २ रन जोडेका थिए । तर, अन्तिमको २ बलमा उनले रन लिन सकेनन् । त्यसैलाई लिएर उनको चर्को आलोचना भईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖