एजेन्सी । अमेरिकाको एउटा लडाकु विमान बेपत्ता भएको छ । दक्षिण क्यालिफोर्नियाको नर्थ चार्ल्सटन एयरबेसबाट आइतबार उडेको एफ–३५ लडाकु विमान केही बेरमै बेपत्ता भएको हो ।
उक्त विमानका पाइलट भने विमान उडिरहेको अवस्थामा हालफालेका थिए । उनको अवस्थामा खतरामुक्त रहेको र उपचार भइरहेको जनाइएको छ ।
एयरबेसका तर्फबाट सोसल नेटवर्किङ साइट ‘एक्स’ (यसअघि ट्वीटर भनिन्थ्यो) मा एक पोस्ट लेखिएको छ, जसमा हराइरहेको सो विमानको अवस्थाबारे कसैलाई थाहा भएमा जानकारी दिन आह्वान गरिएको छ ।
एयरबेसका अधिकारीहरुले चार्ल्सटन शहरको उत्तरतिर रहेको ताल आसपास विमानको खोजी गरिरहेका छन् ।
‘एफ–३५’ लाई विश्वकै उन्नत लडाकु विमान मानिन्छ ।
