• Thursday 8th of October 2026

जहिर इकबालसँग आज वैवाहिक बन्धनमा बाधिँदै सोनाक्षी


  • धनकुटा खबर
  • .

काठमाडौं। बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाधिँदैछन्। आज सुरुमा दुवैले इन्गेजमेन्ट गर्नेछन्।

त्यसपछि विवाह दर्ता गर्ने बताएका छन्। यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेष्टुरेन्ट बस्टनमा रिसेप्शन पार्टी हुने बताइएको छ।

आज हुने रिसेप्शन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ।

सोनाक्षी सिन्हाको विवाहअघि शनिबार साँझ उनको घर ‘रामायण’मा पूजाको आयोजना गरिएको थियो। सोनाक्षीकी आमा पुनम सिन्हाको उपस्थितिमा यो पूजा सम्पन्न भएको थियो।

सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन्। दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो। केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖