• Monday 5th of October 2026

पशुपतिनाथ बसपार्कको सम्झौता भंग, अर्को टेन्डर गरिने


  • धनकुटा खबर
  • .

पशुपतिनाथ मन्दिर परिसरम बसपार्क राख्न दिइएको सम्झौता भंग भएको छ।

बसपार्क सञ्चालन गर्नेले अनियमितता गरेको भन्दै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सम्झौता भंग गरेको हो।

बसपार्कमा अनियमितता, लापरबाही र कानुनको गम्भीर उल्लंघन भएकालेआइतबार बेलुकीदेखि लागू हुनेगरी सम्झौता भंग गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए।
पार्किङ शुल्क उठाएर तिर्नुपर्ने बक्यौता रकम नतिरेको पाइएको मन्त्री किराँतीले बताए।

अब अर्को प्रक्रिया पूरा नहुँदासम्म उक्त क्षेत्रमा पार्किङ नि:शुल्क गरिएको उनले बताए।

‘गम्भीर लापरबाही देखियो। अनियमितता र कानुनको पनि गम्भीर उल्लंघन गरेको देखिन्छ। महिनौंको तिर्नुपर्ने बक्यौता रकमसमेत तिरेको पाइएन,’ मन्त्री किराँतीले भने, ‘टेन्डर प्रक्रियादेखि नै यसमा समस्या देखिएको छ। अब नयाँ टेन्डर गर्छौं।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖