• Tuesday 6th of October 2026

उम्रिएको र हरियो भएको आलु खानुहुन्छ ? हुनसक्छ यस्तो असर


  • धनकुटा खबर
  • .

काठमाडौँ – भान्सामा आलुको परिकार नपाक्ने नेपालीका घर कमै होलान् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई रुचाउँछन् ।

यति मात्रै होइन आलुबाट विभिन्न थरी स्वादिला परिकारहरू बनाउन सकिने र जुनसुकै तरकारीमा पनि यसलाई मिसाउन सकिने भएकाले आलुलाई तरकारीको राजा कै उपमा दिइन्छ ।

धनीदेखि गरिब सबैको भान्छामा नियमित पाक्ने यही सर्वप्रिय आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ। टुसा उम्रेको तथा हरियो भएको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ।

कतिपय मानिसहरू यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरूले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन्। तर यस्ता आलु खान हुन्छ कि हुँदैन ? के हो त वास्तविकता ?

हो टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन। टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ। यस्तो आलु खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।

आलुको खाल्डा भएको ठाउँबाट टुसाहरू निस्कन सुरु हुन्छन्। टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् जसका कारण आलु निकै नरम हुन्छन्। यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुईै अल्कलाइडको सम्मिश्रणकाम कारण बन्ने गर्छ। सेलोनिनलाई विषाक्त मानिन्छ।

त्यस्तै हल्का हरियो रङको आलु पनि खानु हुँदैन। आलुको तरकारी बनाउनु अघि, हरियो भाग काटेर अलग गर्नुपर्छ। हरियो आलु खाँदा पनि फूड पोइजनिङ हुनसक्छ।

आलु खन्ने बेलामा नै यसमा टुसा उम्रिएको छ भने टुसा हटाएर खान सकिन्छ। अध्ययनका अनुसार यतिबेला आलुको तरकारीमा धेरै पोषक तत्व हुन्छ। तर यदि आलु धेरै दिनसम्म राखिएको छ, त्यो चाउरी परेको छ भने त्यसलाई फ्याँक्नु नै राम्रो हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖