• Tuesday 6th of October 2026

दालचीनी पानीले नियन्त्रण गर्छ यूरिक एसिड ?


  • धनकुटा खबर
  • .

काठमाडौं। युरिक एसिड बढेपछि जोर्नीमा असह्य पीडा हुन थाल्छ। कहिलेकाहीँ अवस्था यति खतरनाक हुन्छ कि मानिसहरू उठ्न बस्न पनि सक्दैनन्। हाम्रो रगतमा हुने एसिडमध्ये युरिक एसिड पनि एक हो। यो शरीरमा थोरै मात्रामा हुन्छ र पानीमा घुलनशील हुन्छ। यसलाई मिर्गौलाले पिसाबबाट बाहिर निस्कासन गर्छ। तर जब शरीरमा बढी भएको वा उत्पादन भइरहेको युरिक एसिड मिर्गौलाले राम्ररी फाल्न सक्दैन तब रगतमा युरिक एसिड बढेर जान्छ।

युरिक एसिड बढ्दा जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ । युरिक एसिडबाट पिडित व्यक्तिहरुका लागि हाम्रो भान्सामा पाइने दालचीनी निकै नै उपयोगी मसला हो।

एउटा यस्तो मसला हो जसले चियाको स्वाद मात्र बढाउँदैन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरू पाइन्छ जुन स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरूमा फाइदाजनक हुन्छ, विशेष गरी यसमा सिनमाल्डिहाइड पाइन्छ जुन यूरिक एसिडका बिरामीहरूका लागि धेरै फाइदाजनक हुन्छ। यस्तो अवस्थामा युरिक एसिड भएमा दालचीनीको पानी कसरी पिउने आज हामी तपाईलाई बताउँनेछौं।

दालचीनीको पानी पिउँदा युरिक एसिड नियन्त्रण हुन्छः जब हाम्रो शरीरमा प्यूरिन बढी जम्मा हुन्छ, तब प्रोटिनयुक्त खानेकुराको सेवनले हाम्रो शरीरमा प्यूरिनको मात्रा बढ्छ। र यो तब मात्र हुनेछ जब तपाईंको पाचनक्रिया छिटो हुन्छ। दालचीनी पानी पिउनाले मेटाबोलिज्म छिटो बढ्छ जसका कारण शरीरमा जम्मा भएको युरिक एसिड बिस्तारै पग्लन थाल्छ ।

दालचीनी पानी कहिले पिउने ?: राति सुत्नुअघि र बिहान खाली पेटमा दालचीनीको पानी पिउनुपर्दछ। यसले युरिक एसिडसँगै शरीर सुन्निने समस्यालाई पनि कम गर्छ ।

यस्ता समस्यामा पनि दालचीनी हुन्छ प्रभावकारीः इम्युनिटी बलियो बनाउँछः यदि तपाईको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ र तपाई छिट्टै मौसमी रोगहरुको सिकार हुनुभयो भने दालचीनीको पानी पिउनुहोस् । भिटामिन सी युक्त दालचीनी पानी पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

तौल घट्छः दालचीनीको पानी पिउनाले तौल छिट्टै घट्छ यदि तपाई मोटोपनबाट पीडित हुनुहुन्छ भने दालचीनीको पानी पिउनुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖