• Friday 9th of October 2026

कोपा अमेरिकामा कोलम्बियाको वियजी सुरुवात


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

समूह बी अन्तर्गत मंगलबार टेक्ससस्थित एनआरजी स्टेडियममा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो ।

कोलम्बियाका लागि डानिएल मुनजोले ३२औं र जेफरसन लेर्माले ४२औं मिनेटमा गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए ।

पाराग्वेका लागि जुलियो एनसिसोले ६९औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जितपछि कोलम्बियाले समूह डी मा ३ अंक जोडेको छ भने पाराग्वेल हारबाट प्रतियोगिता सुरु गरेको छ ।

यसै समूहको अर्को खेलमा आजै ब्राजिल र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖