इटहरीमा साडे गोरुको मृत्यु पछि हिन्दु परम्परा अनुसार मलामी सहित दाहसंस्कार गरिएको छ । केहि समय अगाडि इटहरी १२ खनारमा दुर्घटनामा घाइते भएका गोरुको दाहसंस्कार गरिएको हो ।
एक महिना अघि दुहवीका किसनलाल अग्रवालको पिकअ
भ्यानले ठक्कर दिएर घाइते बनाएको थियो । सो घाइते जनावरको उपचारमा लाग्ने सवै खर्च गाडि धनी अग्रवाललेनै व्यहोर्दै आएको थियो ।
खनारका स्थानिय वासिन्दा र जनप्रतिनिधिले मिलेर साढेको रेखदेख गर्दैआएको थियो । गाडिको ठक्करवाट कम्मर भाचिएको साढेको उपचारमा इटहरी उपमहानगरपालिकाको पशुचिकित्सक घटिएका थिए । उपचारकै क्रममा साढेको मृत्यु भएको हो । मृत साढेलाइ खनार स्थित वुढि खोलामा खाल्टो खनेर पुरिएको छ ।
हिन्दु धर्मको मृत्यु शस्कांर अनुसार अनत्यष्टि गरिएको साढेको मलामिमा स्थानियवासिन्दिा र जनप्रनिनिधहरुको सहभागिता रहेको थियो ।मृत्यु भएको मानव मात्र हैन हरेक प्राणिले ज्यान गुमाएपछि कम्तिमा उसको शवको सम्मान पनी होस भनेर यस्तो गरेको इटहरी १२ खनारका वडा अध्यक्ष भुवनराज पोखरेल बताउछन ।-इटहरी खबर
