• Tuesday 6th of October 2026

अब सार्वजनिक सवारीको लागि छुट्टै लेन


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ।

हाललाई भक्तपुरको सुर्यविनायक देखि काठमाडौंको लैनचौर सम्म सार्वजनिक सवारीसाधनको लागि सडक विभागले रातो रंग पोतेर लेन छुट्ट्याउन थालको हो।

यही असोज ३ गते देखि यो नियम लागु गर्ने गरी सडक विभागले काठमाडौंको सडकमा रंग लगाउन थालेको हो।

बिहान ९ बजे देखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एक तर्फी सडकमा पनि दुबै तर्फ बाट हिड्न पाउने भएको छ। उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारीसाधनलाई लागु नहुने बताइएको छ।
सडक विभागका तर्फबाट केएएम कन्ट्रक्सनले २ दिन भित्र भक्तपुर देखि लैनचौरसम्म रंग पोतेर सक्ने गरी पाँच वटा मेसिनले धमाधम रंग लगाउने काम गरिरहेको छ।

अब उक्त सार्वजनिक सवारीको निम्ति छुट्टयाएको लेनमा निजी गाडीहरू हिँड्न पाउने छैन भने कार्यालय समयमा उक्त लेनमा निजी गाडी हिड्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्नेछ केएमसी कन्ट्रक्सनका साइड म्यानेजर जितु सुवेदीले जानकरी दिए।-नवीनबाबु गुरूङ/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖