जानु पाण्डे,कपिलवस्तु, असोज २ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकामा चिर्पट प्रहार गरी पिताको हत्या भएको छ ।
नगरपालिकाको वडा नम्बर ८ बोडगाँउमा सोमवार राती अन्दाजी ९ बजे हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले बताउनु भयो ।
विवाद भए पछि वर्ष २५ को लुरे भन्ने भुवन दर्जीले ६२ वर्षीय बुवा बल बहादुर दर्जीलाई चिर्पट दाउराले प्रहार गरेका थिए । टाउको मा चोट लागेर गम्भीर घाइते भएका बल बहादुरलाई उपचारको लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भएको प्रहरीले जनाएको छ । -गोरखापत्र अनलाइन
