• Thursday 8th of October 2026

बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं, असार २१ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

बिहीवार भएको निर्वाचनमा लेबर पार्टीले बहुमत हासिल गर्ने देखिएको छ। १४ वर्ष पछि लेबर पार्टी सत्तामा फर्किने निश्चित जस्तै छ। लेबर पार्टी सत्तामा आए किएर स्टार्मर प्रधानमन्त्री बन्न सक्छन्।

लेबर पार्टीले हासम्म ६० सिटमा जित हासिल गरिसकेको छ भने सुनकको कन्जरभेटिभ पार्टीले जम्मा ३ सिट जितेको छ। बेलायतमा बहुमतको सरकार गठनका लागि ३२६ सिटमा जित आवश्यक हुन्छ। ६५० सिटका लागि भएको निर्वाचनको नतिजा आज साँझसम्म घोषणा गरिने छ। सन् २०२२ मा प्रधानमन्त्री बनेका सुनक बेलायको पहिलो भारतीय मुलका प्रधानमन्त्री हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖