काठमाडौँ । व्यवसायी प्रितम सिंहका नाति अंगद सिंहलाई प्रहरीले पक्राउ गरेको छ । भैंसेपाटीबाट पक्राउ गरेर अंगदलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्ति दिएपछि सिंह चर्चामा आएका थिए । भारतिय नागरिक प्रितम सिंह नेपालका उच्च पदस्थहरूसँग निकट मानिन्छन् ।
अंगदविरुद्ध पुल्चोक घर भएका रवि सिंहले उजुरी गरेका थिए । उनीविरुद्ध मुद्दा दर्ता भएर जिल्ला प्रशासन कार्यालयमा विचाराधीन अवस्थामा छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो मुद्दाबारे निर्णय गर्नेछन् ।
पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा सहभागीहरूमाथि हातपात गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको बताइएको छ ।
