• Tuesday 6th of October 2026

सावधान ! राती सुत्ने अघि भुलेर पनि नगर्नुहोस् यस्तो काम


  • धनकुटा खबर
  • .

पर्याप्त सुताई मानिसका लागि अपरिहार्य छ । तर सुत्नुभन्दा अगाडि गर्ने र उठिसकेपछि गर्ने कार्यमा विभिन्न तथ्य लुकेका हुन्छन् । सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ । सुत्नु अगाडि गर्न नहुने यस्ता केही काम छन् ती कामले तनाव तथा स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

चिसो पानीले मुख धुनुः
राती सुत्नुभन्दा अगाडि तपाई यदी हात खुट्टा र अनुहार चिसो पानीले धुनुहुन्छ भने यो बानी बदल्नु राम्रो हुन्छ । सुत्नुभन्दा पहिले चिसो पानीले नभई मनतातो पानीले हातमुख धुँदा यसले मांशपेशीको तनाव कम गर्छ र मिठो निन्द्रा लाग्छ ।

सुत्नु अगाडि खानाः
रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन । यसरी खाना खानेबित्तिकै सुत्ने गर्नाले मोटोपनको समस्याले दुःख दिन सक्छ ।

सुत्नुअघि ल्यापटप वा मोबाइलः
सुत्नु भन्दा पहिले तपाई मोबाइल या ल्यापटप चलाइरहनु भएको छ भने पनि यसले तपाईलाई सुत्ने क्रममा समस्या दिन्छ । तपाईलाई यी ग्याजेटबाट निस्किने सिग्नलले मष्तिष्कलाई उठ्ने संकेत बारम्बार दिने हुँदा सुत्न समेत गाह्रो हुने गर्छ ।

चुइगमः
युवाहरूमा चुइगम निकै लोकप्रिय छ र यो एउटा बानीको रूपमा पनि बसिसकेको छ धेरै युवाहरूमा । यदी तपाई सुत्ने बेलामा पनि पेपरमिन्ट फ्लेवरको चुइगम खाने गर्नुहुन्छ भने यसको गन्धले तपाईको निन्द्रा बिथोल्न सक्छ ।

किताब पढ्ने बानीः
केही मानिसहरू सुत्नुभन्दा अगाडि पढ्ने गर्छन् । कुनै कुनै बेला त पढ्ने क्रममा आफ्नो निन्द्रा समेत हराउने गर्छन् । यो भन्दा सुत्नुभन्दा करिब २० मिनेट अगाडि नै किताब पढ्न छोड्नु भयो भने तपाईको निन्द्रा राम्रो हुन्छ ।

धुम्रपानः
यदी तपाईं राती चुरोट वा कफी पिउने गर्नु हुन्छ भने त्यसमा रहेको निकोटिन तथा कैफिनले तपाईको निन्द्रा बिथोल्न सक्छ । यसले शरिरमा तनावको स्थिति उत्पन्न गर्छ र निन्द्रा नलाग्न सक्छ ।

अल्कोहलः
निन्द्रामा यदी दुई पेग लगाउने बारे सोच्नुहुन्छ भने त्यो बानी हटाउनु राम्रो हुन्छ । अल्कोहलको सेवनले शरिरमा तनाव अधिक हुने गर्छ र निन्द्रामा असर गर्छ । सुत्नुअघि यी कुराहरुमा विचार पुर्याउनुभएन भने पछुताउन पनि पर्नसक्छ ।

नियमित शारीरिक व्यायाम स्वास्थ्यको लागि राम्रो हुन्छ र निद्रा पर्न पनि सहयोगी हुन्छ तर एकदमै वढी शारीरिक व्यायाम भने गर्नु हुँदैन। सकभर निद्राको लागि औषधी प्रयोग नगर्नु राम्रो हुन्छ ।

औषधी प्रयोग नगरी नहुने भए एक हप्ता वा त्यो भन्दा वढीको लागि प्रयोग गर्नु हुदैन ।सुत्नु भन्दा पहिले मनतातो दुध पिउदा निद्रा लाग्न मद्धत गर्छ ।सकिन्छ भने सुत्नु भन्दा एक डेढ घण्टा पहिले मन तातो पानीले नुहाउदा पनि शरीर रिल्याक्स हुन्छ र निद्रा आउन सहयोग गर्छ ।

वेलुका निद्रा लागे पछि सुत्ने र विहान निद्रा खुलेपछि उठ्ने नियमित गर्नेहरुमा निदाउने र निद्रा खुल्ने साइकल वनेको हुन्छ । सधैं करिबकरिब एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्दा निद्रामा प्राय समस्या आउँदैन । तर सधेै सुत्ने र उठ्ने समय फरक गरिरहँदा निद्रा लाग्ने र विहान जाग्ने साइकल विग्रिन्छ ।

एउटै समयमा सुत्ने भन्नाले एकदम घडी मिलाउनु भने पर्दैन, भनौ १० वजे सुत्ने प्लान छ भने आधा घण्टा अघि वा आधा घण्टा पछि हुँदा फरक पर्दैन तर कहिले १० वजे कहिले १२ वजे वा कहिले १ वजे सुत्न लाग्यो भने सुत्ने नियमितता विग्रिन्छ । धेरै मानसिक तनाव भएर वा विभिन्न रोग लागेर निद्रा नलागेको हो भने तनाव घटाउने र रोगको उपचार गर्नेतर्फ लाग्नु पर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖