• Thursday 8th of October 2026

फिल्ममा डेब्यु गर्दै गायिका कमला घिमिरे


  • धनकुटा खबर
  • .

सानो उमेरमै चर्चा कमाएकी गायिका कमला घिमिरेले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन्। निर्माणको तयारीमा रहेको फिल्म ‘माइली’ मा उनी कलाकारका रूपमा अनुबन्धित भएकी हुन्।

रूना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई बाबु साहेब बलामीले निर्देशन गर्नेछन्।

कमलाले सांगीतिक क्षेत्रमा झैं फिल्ममा पनि दर्शकको माया पाउने विश्वास रहेको बताइन्।

उनले स्वर दिएका ‘चिया छानेको, लरिलरिलै, धनगढीको बसमा’ लगायतका गीतहरू हिट छन्।

फिल्म ‘माइली’ टिमले कमलाको पोस्टरलुक समेत सार्वजनिक गरेको छ। जसमा उनलाई मन्द मुस्कानमा देखाइएको छ। उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ।

यो फिल्ममा यसअघि करिश्मा मानन्धर र प्रियंका कार्की अनुबन्धित भइसकेका छन्।

निर्देशक बलामीले सत्य घटनामा आधारित रहेर निर्माण हुने फिल्ममा महिलाका पीडा देखाइने बताए।

असारको अन्तिमबाट फिल्मको छायांकन सुरू गर्ने तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖