• Thursday 8th of October 2026

युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली दिने बाइडेनको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौं वायु रक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरेका छन् । अमेरिकाको वाशिंगटनमा जारी नेटो बैठकमा राष्ट्रपति बाइडेनले अमेरिका र अन्य चार पश्चिमी देशले हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताएका हुन् ।

अमेरिकी अधिकारीहरूले यस प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली, अन्य रणनीतिक वायु रक्षा प्रणाली र यसका भागहरू समावेश हुने बताएका छन् । अमेरिका बाहेक जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटालीले हवाई प्रतिरक्षा प्रणाली आपूर्ति गर्नेछन् ।

यस वर्षको अन्त्यसम्ममा हवाई प्रतिरक्षा प्रणालीका विषयमा थप निर्णय लिइने र यसमा बेलायत, क्यानडा, नर्वे र स्पेन समावेश हुनेछन् । रुसको पछिल्लो मिसाइल आक्रमणपछि युक्रेनी अधिकारीहरूले मंगलबार थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपील गरेका छन् । 

युक्रेनको बाल अस्पतालमा मिसाइल खस्दा ३६ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । नेटो देशहरूको बैठकमा बाइडेनको भाषण पहिलो राष्ट्रपति बहस भन्दा बढी भावुक र रचना थियो ।

बाइडेनले नाटोलाई अझ बलियो बनाउने कुरा गर्दै भने- ‘यदि तपाईं खतरामा हुनुहुन्छ भने, हामी पनि खतरामा छौं । 

यदि तपाईं शान्तिमा हुनुहुन्न भने, हामी पनि शान्तिमा रहन सक्दैनौं ।’  बाइडेनले आफ्नो कार्यकाल समाप्त गर्न लागेका नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गलाई सर्वोच्च नागरिक सम्मान प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖