• Monday 5th of October 2026

आज टीकापुर घटनाका अन्य तीन जना पनि रिहा हुँदै


  • धनकुटा खबर
  • .

कैलाली । २०७२ भदौ ७ गते भएको टिकापुर घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन जना आज रिहा हुँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना ३ जना रिहा हुन लागेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेका हुन् ।

उनले कारागारमा रहेका उनीहरू ३ जनासहित ९ जना रिहा हुन लागेको बताए । यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भइसकेका छन् ।

आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगिसकेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖