आज (बुधबार) देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
यस्तै राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।
