• Monday 5th of October 2026

बागमती नदीमा खसेका एक व्यक्तिको मध्यराति नै गर्‍यो सशस्त्रले सकुशल उद्दार


  • धनकुटा खबर
  • .

काठमाडौ । सशस्त्र प्रहरी बल नेपालले गएराति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्दार गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ कटुवाल दहस्थित बाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० बर्षका रामबहादुर लामाको उद्दार गरिएको हो ।

पानीको बहाब कम भएको बेला नदी पारि गएका लामा बहाब बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । सोबारे खबर प्राप्त भएपश्चात् सशस्त्रको नम्बर २० बिपद् उद्दार उपत्यका गणबाट गोताखोर सहितको ९ जना र नम्बर १८ निलबाराही गण कीर्तिपुरबाट गएको १५ जना सहितको सुरक्षाफौजले रातको समयमा उनको सकुशल उद्दार गरेको हो हो ।

मोटरबोटसहित गएको फौजले रोप रेस्क्यू र अन्य विधिको प्रयोग गरी उद्दार गरेपश्चात् लामालाई आफन्तको जिम्मा लगाइएको सशस्त्रका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖