• Wednesday 28th of October 2026

युट्यूबर उत्सव रसाइलीको आमा बन्ने चाहना…


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित युट्यूबर उत्सव रसाइली आमा बन्न चाहन्छन् । हो तपाईंले ठीक सुन्नु भयो ।आफूले चलाउने ‘रमाइलो विथ उत्सव’ नामक कार्यक्रममा नै उनले यस्तो चाहना अभिव्यक्त गरेका हुन् । कार्यक्रमको पछिल्लो एपिसोडमा रियालिटी शो होस्ट रिमा विश्वकर्मा र गायिका इन्दिरा जोशी गेस्ट थिए । उनीहरुसँग कुराकानीका क्रममा रसाइलीले आफू गर्भवती बन्न चाहे पनि शारीरिक कारणले सम्भव नभएको बताए ।

दुवै गेस्टलाई रसाइलीले ‘आफ्नो शरीरको कुनै अंग सर्जरी गर्नुभएको छ ? भनेर सोधेका थिए । दुवैले नगरेको जवाफ दिए । त्यसपछि अनायाश रिमाले भनिन्, ‘तिमीले त गर्नुपर्ने थियो होला होइन ?’ यति भनेर उनले हाँस्दै मुख छोपिन् । तर, रसाइली गम्भीर भए ।

उनले भने, ‘म आफ्नो शरीरमा जे जे छ, त्यसमा एकदमै सन्तुष्ट छु र गौरवान्वित छु । म आफ्नो शरीरको कुनै अंग फेर्न चाहन्नँ ।’

त्यसपछि उनले थपे, ‘मलाई गर्भवती हुन मन छ, तर म हुन्नँ । मलाई आमा बन्न मन त छ तर मेरो पाठेघर छैन नि त । बरु मेरो लागि पाइदिनुस् न तपाईंहरु दुईजना । भाडाको आमा भन्छन् नि, त्यस्तो ।’

रसाइलीको यस्तो आग्रहबाट रिमा र इन्दिरा दुवै स्तब्ध देखिए । कारण, उनले मजाकमा यस्तो भनिरहेका थिएनन् ।

इन्दिराले गम्भीर मुद्रामा भनिन्, ‘त्यो इमोसन चैं होला, तर पछि पाएर यसो अनुहार हेर्दा आफैंलाई राख्न मन लाग्छ क्या ।’

रसाइली भन्छन्, ‘तपाईंहरु दुइजनाले पाइदिए कस्तो राम्रो हुन्थ्यो होला ।’

इन्दिराले सुझाव दिइन्, ‘तपाईंले गर्न सक्नुहुन्छ नि । तपाईं र तपाईंको पार्टनरले सरोगेसी गराएर यु क्यान ह्याभ चाइल्ड ।’

रसाइलीले गुनासो गरे, ‘मेरो पार्टनर हुनुपर्यो नि त ।’

रिमाले सुझाइन्, ‘त्यो पनि डोनर भेटिन्छ आजभोलि ।’

रसाइली भन्छन्, ‘चालिस कटेपछि गरम्ला ।’

यो संवाद हँसीमजाक लाग्न सक्छ धेरैलाई । तर खासमा गम्भीर नै हो । किनकी युट्यूबर रसाइली एक तेस्रोलिंगी पुरुष (गे) हुन् । उनले सार्वजनिकरुपमा नै आफू गे भएको स्वीकारोक्ति गरिसकेका छन् ।

त्यसो त धेरैजसो कलाकारलाई पहिलेदेखि नै थाहा थियो उनी गे हुन् भन्ने । रसाइली पुरुषभन्दा महिला कलाकारहरुसँग धेरै हिमचिम गरिरहेका हुन्छन् । महिला कलाकारले पनि उनलाई केटीकै व्यवहार गर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖