• Wednesday 28th of October 2026

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त भएपछि आज सार्वजनिक हुने मौद्रिक नीति रोकियो


  • धनकुटा खबर
  • .

काठमाडौं,४ साउन । आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति राष्ट्र बैंकले रोकेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो।

प्रधामन्त्रीका आर्थिक सल्लाहकारमा डा.युवाराज खतिवडा आएपछि मौद्रिक नीति रोकिएको हो। उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो। राष्ट्र बैँकले बिहीबार मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्रीलाई ब्रिफिङ गराइएको थियो।

सोही अनुसार शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक राखेर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक भएको थियो।

तर अर्थमन्त्रीको बिफ्रिङपछि डा.खतिवडाले थप परामर्श गर्न खोजेका थिए। सञ्चालक समितिको बैठकले छलफल गर्न थप समय माग गरेपछि आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति पछाडि सरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖