• Thursday 8th of October 2026

जेलेन्स्कीले भने – ‘ट्रम्प सत्तामा आए भने युक्रेनलाई धेरे कठिनाइ हुनेछ’


  • धनकुटा खबर
  • .

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको बताए ।

केही दिनअघि ट्रम्पले ओहायोका सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । ३९ वर्षीय जेडी भान्सले युक्रेनमा जेसुकै भए पनि आफूले वास्ता नगर्ने बताइसकेका छन् । भान्स युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा छन्।

अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका फेरि बढेको छ ।

जेलेन्स्कीले युक्रेनमा के भइरहेको छ भन्ने सायद उनीहरूलाई थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताए।

जेलेन्स्की हाल बेलायतमा छन्। जहाँ उनले बिहीबार सम्बोधन पनि गरेका थिए । जेलेन्स्कीले यसअघि बेलायती प्रधानमन्त्री केयर स्टारमरलाई पनि भेटेका थिए, जसले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖