• Monday 5th of October 2026

घांस काटिरहेकी महिलाको कानको मुन्द्रा र सिक्री लुट्ने दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काभ्रे । प्रहरीले पनौती नगरपालिका नगरपालिकाको विभिन्न स्थानमा खुकुरी देखाए महिलाको सिक्री लुट्ने २ जनालाई पक्राउ गरेको छ ।

तेमाल गाउँपालिका-२ घर भइ पनौती-४ बस्ने आकाश दोङ र खानिखोला-१ घर भइ पनौती-६ बस्ने श्रीराम लोप्चनलाई प्रहरीले पक्राउ गरेको हो ।

केहीदिन अघि पनौती नगरपालिका वडा नम्बर ८ खरिबोटमा खुकुरी देखाई सिक्रि लुटने दुई जनाले आज फेरि पनौती नगरपालिका वडा नम्बर ५ मा खुकुरी नै देखाई महिलाको गहना लुटेर भाग्दै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेको दुबै जनालाई ईलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖