काठमाडौँ, साउन ८ गते। ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो।
उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवको ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने उहाँमा हैजा पुष्टि भएको हो।
त्यस्तै, सोही ठाउँबाट आउनु भएका एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ उहाँ आइसियुमा उपचाररत हुनुहुन्छ।
