• Sunday 4th of October 2026

रामदेवले प्रकाश सपुतलाई सलमान र शाहरुखभन्दा ठूला स्टार भनेर चिनाएपछि …


  • धनकुटा खबर
  • .

भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका छन्।

पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा सपुतले सांगीतिक प्रस्तुति दिन गएका सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका हुन्।

स्टेजमा प्रस्तुति दिन उक्लिएका सपुतलाई रामदेवले अँगालो हाल्दै नेपालका ठूला स्टारको रुपमा चिनाए। त्यस्तै रामदेवले संसारभर नेपाली समाजको गौरव बढाउन पनि सपुतलाई शुभकामना दिएका छन्।

सपुतले पनि यो प्रस्तुतिपछि यो सफलता आफ्नो लागि अमुल्य रहेको बताएका छन्।

उनले लेखेका छन्, ‘दर्शकहरु माझ पुग्नुको आनन्द अरु केहि संग तुलना हुन सक्दैन। पछिल्लो ४ वर्ष मैले देशविदेशमा छरिएर रहनुभएका नेपालीहरुको अथाह माया प्रत्यक्ष महशुस गर्न पाएको छु। एउटा गायकर कलाकार का रुपमा गित र भिडियो मार्फत र एउटा पर्फमरका रुपमा स्टेज मार्फत आफ्नो क्षमता र क्षेत्र अनुसारको यो सफलता मेरो लागि अमुल्य छ। अकल्पनीय छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖