नयाँ दिल्ली । बलिउड अभिनेत्री जान्हवी कपूर र शिखर पहाडियाको नाम जोडिएर समाचार आउन थालेको धेरै भइसकेको छ । यो जोडी प्रायः सँगै देखिन्छिन् । मन्दिर होस् वा बलिउडका पार्टीहरू दुवै एकसाथ देखिने गरेका छन् ।
जान्हवी आफ्नो प्रोफेसनल जीवनको साथ साथ निजी जीवनका कारण पनि हेडलाइनमा छाइरहन्छिन् । यसैबिच अभिनेत्रीले आफ्नो बिहेबारे दिएको प्रतिक्रियाले हेडलाइन बनाएको छ ।
हालै पिंकभिल्लाको मास्टर क्लासमा जान्हवी कपूरले बिहेबारे खुलेर कुरा गरेकी छिन् । ‘म अहिले आफ्नो जीवनमा निकै खुसी छु । बिहेको कुरा गर्ने हो भने अहिले न त मसँग समय छ न उनीसँग ।’ शिखरसँगको विवाहको बारेमा उनले भनेकी थिइन् ।
जान्हवी र शिखरबिच पहिला पनि ब्रेक अप भइसकेको थियो । तर पछि उनीहरूबिच प्याच अप भयो । जान्हवी कपूर छिटै सुधांशु सारिया निर्देशित फिल्म उलझमा देखिँदैछिन् ।
यस फिल्ममा उनको साथमा गुलशन देवैया, रोशन म्याथ्यू, आदिल हुसेन, राजेन्द्र गुप्ता, राजेश तैलाङ, मियाङ चाङ र जितेन्द्र जोशी जस्ता कलाकारहरू स्क्रिन सेयर गर्नेछन् ।
