• Saturday 28th of November 2026

सौर्य एयर बिमान दुर्घटना र दोलखा भीमसेनको पसिनाबारे धर्ती माताको डरलाग्दो खुलाशा


  • धनकुटा खबर
  • .

काठमाडौं । सौर्य एयरको दुर्घटनामा परेको जहाज दुर्घटनापछि प्रभु इन्स्योरेन्सले ३० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । सौर्यले ३० करोडमा खरिद गरेको क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभुमा बिमा गरेको थियो । जहाजको भग्नावशेष काम नलाग्ने स्थितिमा रहेका कारण ३० करोड रुपैयाँ हाराहारीको दाबी भुक्तानी गर्नुपर्नेछ ।

यो बिमानको पुनर्बिमा विदेशी कम्पनीमा गरिएको छ । जसकारण सबै भुक्तानी दायित्व प्रभुले बेहोर्नु पर्ने छैन । प्रभु इन्स्योरेन्सका अनुसार ३० करोड रुपैयाँमध्ये ०.३ प्रतिशत अर्थात् ९ लाख रुपैयाँ कम्पनीको दायित्वमा पर्ने भएको छ ।

बुधबार बिहान ११ः११ बजे राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पोखराका लागि उडेको बिमान टेकअफ गर्नेवित्तीकै दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖