• Thursday 8th of October 2026

शाहरूख खानलाई मोतियाबिन्दु, उपचारका लागि अमेरिका जाँदै


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खानलाई मोतियाबिन्दु भएको छ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी पछिल्लो केही दिनदेखि अस्पताल धाइरहेका थिए। उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी गराएका थिए। तर सर्जरी सफल भएन। अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा छन्।

शाहरूखको दुवै आँखामा मोतियाबिन्दु छ। तर अहिलेसम्म यस विषयमा उनी वा उनको टिमबाट कुनै औपचारिक पुष्टि भएको छैन।

शाहरूखको पछिल्लो समय फिल्म ‘डंकी’ मा देखिएका थिए। हाल उनी आगामी फिल्म ‘किंग’ मा व्यस्त छन्। यस फिल्ममा उनी आफ्नी छोरी सुहानासँग देखिनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖