• Saturday 28th of November 2026

केरला पहिरो : मृत्यु हुनेको संख्या १०० पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । केरलाको वायनाडस्थित मेप्पडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १०० पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९८ रहेको जानकारी दिए ।

यसअघि केरलाका मुख्य सचिव डा वी वेणुले भनेका थिए, ‘स्थिति गम्भीर बन्दै गएको छ । ७० भन्दा बढी शव अस्पतालमा लगिएको छ । पोस्टमार्टम र अनुसन्धानका लागि कदम चालिएको छ ।’

केरलाका वन मन्त्री एके ससिधरनले एनडीआरएफ टोलीहरू डोरीको उद्धार कार्यमा संलग्न रहेको जानकारी दिए । सेनाको टोलीले पनि काम सुरु गरेको छ ।

उद्धार कार्यका क्रममा २५० भन्दा बढीको उद्धार गरिएको छ ।

स्वास्थ्यमन्त्री वीणा जर्जले मंगलबार बिहान ३ बजे पहिरोको घटना भएको बताएकी छन् ।

पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्‍याएको छ । घर, पुल, सडक र सवारीसाधन पनि बगाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖