• Sunday 4th of October 2026

टिकटक बनाउँदा महिलालाई २ वर्ष जेल


  • धनकुटा खबर
  • .

एजेन्सी । इन्डोनेसियाको एक अदालतले धर्म र सम्प्रदाय विशेषविरुद्ध घृणा फैलाउने टिकटक भिडिओ बनाएको कसुरमा महिलालाई २ वर्षको जेल सजाय सुनाएको छ।

३३ वर्षीया लिना लुतफियावतीलाई टिकटकमा सुँगुरको मासु खानुअघि इस्लामिक वाक्यांश बोलेपछि अदालतले इस्लाम धर्म र मुस्लिम समुदायविरुद्ध घृणा फैलाएको भनी दोषी ठहर गरेको हो।

साथै उनले १६ हजार २ सय ४५ अमेरिकी डलर जरिवाना पनि तिर्नुपर्ने फैसला अदालतले गरेको छ। जरिवाना नतिरेको खण्डमा उनको जेल अवधि थप ३ महिनासम्म लम्बिनसक्ने बीबीसीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖