• Tuesday 6th of October 2026

ललितपुर ठैबमा हैजा संक्रमित दुई जना सम्पर्कमा, एक जना अझैं फरार


  • धनकुटा खबर
  • .

ललितपुर । ललितपुरको गोदावरी क्षेत्रमा हैजा संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका तीन जना फरार भएकोमा दुई जना सम्पर्कमा आएका छन् भने एक जना अझैं सम्पर्कविहीन भएको खबर छ ।

स्वास्थ्य कार्यालयकी हैजा संक्रमणको जिम्मेवारी सम्हालिरहेकी कर्मचारी गिता आचार्यका अनुसार उनीहरु टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका थिए । सुधार गृहमा बसेर उपचार गराई रहेका उनीहरु अस्पताल पुगेपछि भागेका थिए । सिभिल अस्पतालमा उपचार गरेर स्वास्थ्य कार्यालयको सम्पर्कमा आचार्य बताउछिन् ।

उनकाका अनुसार गोदावरी नगरपालिका १४ ठैवस्थित एक सुधारगृहका ८ जनामा हैजा पुष्टि भएको थियो भने ललितपुरको ग्वार्कोमा समेत एक जनामा हैजा देखिएको थियो ।

हैजा देखिएपछि स्थानीय खानेपानी वितरण प्रणालीमा कोलिफाम देखिएको थियो । सुधारगृहको इनारमा समेत कोलिफाम देखिएकोे थियो । पछिल्लो समय भने पानीको परिक्षण गर्दा कोलिफाम नभेटिएको उनको भनाई छ ।

हैजा संक्रमित र सुधार गृहको नाम स्वाथ्य कार्यालयले गोप्य राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖