• Saturday 28th of November 2026

मोटरको ‘स्वीच अन’ गर्दा करेन्ट लागेर एकजनाको मृत्यु


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहागनरपालिका– ११ प्रिगाउँका ५० वर्षीय बालाराम वलीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नो बारीमा मोरटबाट पानी सिंचाई गर्नका लागि मोटरको स्वीच अन गर्ने क्रममा तार सर्ट भइ दिउँसो १:२० बजेतिर वलीलाई करेन्ट लागेको थियो।

उनको मृत्यु १:३५ बजेतिर भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖