• Thursday 8th of October 2026

क्यानडामा खेल्ने आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजका लागि २२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो ।

नेपालले क्लोज क्याम्पका लागि बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सगर ढकाल र सन्दीप जोरा रहेका छन् ।

नेपालले लिग-२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖